गोरखा, २२ पुस । मानव तस्करी गरेको आरोपमा गोरखाका एक व्यक्ति सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वेरोजगार युवाहरलाई रसियामा रहेको एक होटलमा आर्कषण तलवको प्रलोभन देखाएर मानव तस्करी गर्न खोेजेको आरोपमा गोरखा नगरपालिका वडा नम्बर १ घर भएका अर्जन श्रेष्ठ भन्ने ३१ बर्षका अर्जुन सुनारलाई प्रहरीले पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
हाल जिल्ला काठमाण्डौ महानगरपालिका ३१ मिलनचोक बस्दै आएका सुनार अलास्का ट्राभल्सको सञ्चालक समेत रहेको प्रहरीको भनाई छ । त्यस्तै सुनारसंगै सोलुखुम्बु नेचा सल्यान गाउँपालिका वडा नम्बर १ घर भई काठमाण्डौ जोरपाटी बस्दै आएका ३५ बर्षका शेखर भन्ने शेरबहादुर राईलाई पनि सोही आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सुनार र राईले शंकर कार्की, राजन राई र बिकास राईलाई उनिहरुले प्रतिव्यक्ति ६/६ लाख रुपैया लिएर रसियाको होटलमा आर्कषण तलवको प्रलोभन देखाएर रसिया पठाएका थिए । कार्की रसिया पुगेपछि त्यहाँ थप ८ सय डलर माग्दै रसियन भर्ती गराईदिने भनेपछि पिडित नेपाल फर्किएर उजुरी गरेपछि घटना सार्वजनिक भएको थियो ।
कार्कीले एसएलसीसम्म मात्र पढको भएपनि उनिहरुले सवै आवश्यक नक्कली कागजात समेत बनाएको खुलेको छ । पक्राउ परेका दुवैजनालाई मानव तस्करी गरी ठगी गरेको अपराध कसुरमा आबश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।
कार्कीसंगै गएका राजन राई र बिकास राईलाई रसिया आर्मीमा भर्ना गरेकोे बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया