गोरखामा प्रहरीलाई हातपात गर्न खोजेको आरोपमा दुई जना पक्राउ

गोरखामा प्रहरीलाई हातपात गर्न खोजेको आरोपमा दुई जना पक्राउ

गोरखा। गोरखा प्रहरीलाई गाली गलौज तथा हातपात गर्न खोजेको भन्दै शहिद लखन गाँउपालिकाको ज्यादुल खोलाबाट प्रहरीले २ जना युवकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले शहिद लखन गाँउपालिका–७ ज्यादुल खोलाबाट गोरखा नगरपालिका–४ बस्ने राजकुमार राना र ४२ बर्षका मुत्तबहादुर रानालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार पक्राउ परेकाहरुले मंगलबार बिहान ९ः३० बजेको समयमा उक्त क्षेत्रमा करेन्ट लगाएर माछा मार्दै गरेको भन्ने सूचनाको आधारमा ज्यादुल खोला पुगेको प्रहरीले सम्झाई बुझाई गर्न खोज्दा उल्टै डिउटीमा रहेको प्रहरीलाई गाली गलौज र हातपात गर्न खोजेपछी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जना बिरुद्व बुधबार नै सार्वजनिक शान्ति विरुद्वको कसूर शिर्षकमा मुद्वा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागी म्याद थप गरीएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीको हिरासतमा नै राखेर अनुसन्धान थालिएको पनि प्रनाउ श्रेष्ठले बताए।

प्रतिक्रिया

TOP