गोरखा । गोरखाको पाँचखुवा देउरालीको भिरबाट लडेर गंभिर घाईते भएका १ जना बृद्वको उपचारको क्रममा मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा बारपाक सुलिकोट गाँउपालिका–७ पाँचखुवा देउरालीका ८५ बर्षिय अमरबहादुर गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार मुलबारी घर भएका गुरुङ घर नजिकैको भिरबाट १०० मिटर तल खसेर गंभिर घाईते भएका थिए । गंभिर घाईते गुरुङलाई उपचारको लागी चितवनको भरतपुर लगिएको थियो ।
गुरुङको उपचारकै क्रममा सोही दिन राती ज्यान गएको बारपाक सुलिकोट गाँउपालिका-७ का वडा अघ्यक्ष कृण्ण गुरुङले बताए ।
प्रतिक्रिया