भिमसेनथापाले सञ्चालन गरेको पाठेघर क्यान्सर स्क्रिनिङ शिविरमा ३५ जना महिलाले लिए सेवा

भिमसेनथापाले सञ्चालन गरेको पाठेघर क्यान्सर स्क्रिनिङ शिविरमा ३५ जना महिलाले लिए सेवा

गोरखा । भिमसेनथापा गाउँपालिका गोरखाको आयोजनामा पालिका भित्रका महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्क्रिनिङका लागि भिआइए परीक्षण सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय गोरखा र गाउँपालिका स्वस्थ्य शाखाको आयोजनामा गाउँपालिका ८ स्थित महादेवटारमा सञ्चालन गरिएको शिविरमा ३५ जना महिलाले स्वास्थ्य उपचार सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।

शिविरमा स्त्री रोग, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर परीक्षणका साथै लामो समयको अस्थायी परिवार नियोजन सेवा लगायतका उपचार सेवा प्रदान गरिएको उनले बताए । शिविरबाट ३० जनाले भिआइए परीक्षण गराएको शाखा प्रमुख खनालले जानकारी दिए ।

परीक्षण गराएका मध्ये २ जनामा भिआइए पोजेटिभ देखिएको उनले जानकारी दिए । शिविरमा परीक्षण गराएका मध्ये ५ जनामा आङ खस्ने समस्याको पहिचान भएको प्रमुख खनालले बताए ।

त्यस्तैगरी, १ जनामा इम्प्लान्ट सेवा प्रदान गरिएको जनाइएको छ । महिलाहरुको पाठेघरको क्यान्सर रोगको पहिचानका लागि ३० देखि ६० बर्ष उमेरका सवै महिलाहरुले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको हो ।

गाउँपालिकाले हरेक बर्ष पालिका भित्र महिलाहरुको पाठेघरको क्यान्सर रोगको स्क्रिनिङका लागि शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

TOP