गोरखा । गोरखा नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको २०८० सम्पन्न भएको छ । प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ५ कास्य गरी १४ पदक सहित तारा माध्यमिक विद्यालयले प्रतियोगिताको रनिङ शिल्डको उपाधी जितेको हो ।
त्यस्तै ४ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल १४ पदक हात पार्दै शक्ति मावि पाटेचौर दोस्रो र ४ स्वर्ण, ३ रजत र १ कास्य गरी कुल ८ पदक जित्दै विन्ध्यावासिनी मावि नारेश्वर तेस्रो भएको आयोजकले जनाएकोछ ।
प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ६ कास्य गरी कुल १२ पदक सहित महालक्ष्मी मावि लक्ष्मीबजार सान्त्वना भएको छ । त्यस्तै प्रतियोगितामा सरस्वति मावि आहालेले ३ स्वर्ण ४ रजत र २ कास्य गरी ९ पदक, नवज्योति मावि डण्डिडाँडाले १ स्वर्ण, १ रजत र २ कास्य गरी ४ पदक, बालमन्दिर माविले ३ कास्य पदक जितेका छन् ।
गोरखा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागतका गरी कुल १९ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा बुधबार सम्पन्न भएको हो । प्रतियोगितामा उत्कृष्ठ भएका खेलाडीहरुले भोलीदेखि गोरखा सदरमुकाममा सुरु हुन लागेको जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
प्रतिक्रिया