गोरखाका एक व्यक्ति ग्रीस पठाइदिने भन्दै १४ लाख ठगेको आरोपमा पक्राउ

गोरखाका एक व्यक्ति ग्रीस पठाइदिने भन्दै १४ लाख ठगेको आरोपमा पक्राउ

गोरखा । ग्रीस पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा गोरखाका एक व्यक्ति पक्राउ परेका छन् । पालुङ्टार नगरपालिका वडा नम्वर ९ घर भई हाल ललितपुर बस्दै आएका ५० बर्षीय होमबहादुर तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

‘लक्ष्मण सापकोटासहित दुई जनालाई बैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिन्छु, भन्दै प्रतिव्यक्ति दश लाख ५० हजार असुल गरेको गुनासो आयो’, उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौका प्रहरी उपरीक्षक मिलन केसीले भने, ‘त्यहाँ पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिने आश्वासन दिएका रहेछन् ।

मासिक १ लाख १५ हजार तलव हुन्छ भनी प्रलोभनमा पारी उनीहरुसँग पटक पटक गरी १३ लाख ८४ हजार रकम लिएर सम्पर्क विहिन भएपछि हाम्रो कार्यालयबाट खटिएको टोलीले तामाङलाई बिहीवार पक्राउ गरेको हो ।’

काठमाण्डौको महाराजगंजबाट पक्राउ परेका तामाङलाई आवश्यक कारवाहीका लागी बैदेशिक रोजगार बिभागमा पठाइएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया

TOP