पोखरा । पोखराको पृथ्वीचोकमा पार्किङ गरी राखेको बस शुक्रबार राति गायब भयो । बस चोरी भएको सूचना प्रहरीकहाँ पुगेपछि खोजतलास तीव्र पारियो । बस सबेरै चितवनमा भेटिएको छ ।
१७ वर्षका किशाेरले आफैले बस चलाएर चितवन लगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं ३ को १७ वर्षका किशाेर रहेका छन् ।
ग१ख ९६३८ नम्बरको बस चोरी भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, मातहत प्रहरी कार्यालय तथा अन्य प्रहरी कार्यालय समेतमा जानकारी गराई खोजतलास गर्दा जिल्ला चितवनमा फेला परेको प्रहरीले बताएको हो ।
चितवन भरतपुर महानगरपालिका वडा नं. ११ आँपटारीमा प्रहरीले चेकजाँच गर्नेक्रममा उनले चलाउँदै गरेको अवस्थामा बस फेला परेको थियो ।
पक्राउ परेका किशाेर विरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया