गोरखा, २३ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणलाई जसरी पनि सफल बनाउनैपर्ने बताएका छन् ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभन्ज्याङ सम्बद्धिका लागि संकल्प यात्रा–२०८० अन्तरर्गत गोरखा आइपुगेका उनले विहान सदरमुकाममा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै बुढीगण्डकी परियोजना सफल बनाउनैपर्ने बताएका हुन् ।
‘‘बुढीगण्डकी आयोजना निर्माण सफल बनाउनै पर्छ, अध्यक्ष ओलीले भने, ‘‘धेरै रकम मुआब्जा दिइसकेका छौ, ठूलो क्षेत्रफलको मुआब्जा दिइसकेका छौ, सरकारले अघिग्रहण गरेको क्षेत्रमा डुवाउने वाहेक अरु केही गर्न सक्दैन त्यसैले आयोजना निर्माण गर्नैपर्छ । आयोजना निर्माणका लागि आफुहरुको सरकारलाई घचघच्याउने काम समेत गरिरहेको’ उनले बताए ।
अहिलेको अवस्थामा आगामी केही बर्षसम्म नेपालले आफ्नै लगानीमा बुढीगण्डकी आयोजना बनाउने भन्ने कुरा सम्भव नदेखेको पनि अध्यक्ष ओलीको भनाई छ । ‘‘हामीले सम्भव हुनेखालका कुरा गर्नुपर्थ्यो, उनले भने ‘‘अहिले कर्मचारीलाई तलव खुवाउन आन्तरिक ऋण उठाइरहनु परेको अवस्था छ, बुढीगण्डकी आफैले बनाउछौ भनेर सरकारले धाक लगाइरहेको छ ।’’
उनले परियोजनाहरु निर्माणका लागि एउटा देशलाई दिन हुने र अर्कोलाई दिन नहुने भन्ने नरहेको समेत बताए । ‘‘नेपालका परियोजना निर्माणका गर्दा नेपालका लागि फाइदा हुनेगरी जुन देशले लगानी गर्छ हामी त्यहीँ देशलाई बनाउन दिन्छौ, उनले भने, नेपाललाई जहाँबाट फाइदा हुन्छ त्यहीँबाट सहयोग लिन्छ ।’
आयोजना निर्माणका लागि ढिलाभयो भन्दैमा सरकारले अघिग्रहण गरेको जमिन जनताले कब्जा गर्न नमिल्ने बताए । ‘‘कँहीकँही अलिकति ढिला भएपछि मुआब्जा लिइसकेको जग्गा आफैले फेरी कब्जा गरिदिने र बिभिन्न बाहानामा अर्को समस्या सृजना गर्ने अवस्था पनि आउछ हामीले कसैले त्यसो गर्नुहुँदैन’’ उनले भने ।
अध्यक्ष ओलीले मुआब्जा लिएका क्षेत्रका जनताले डुवान नहुँदासम्म खेतीपाती गरेर खानु उचित हुने समेत बताए । ‘‘जलासययुक्त आयोजना तयार भएर नडुवेसम्म तपाईहरुले खेती लगाएर खाए हुन्छ, उनले भने, त्यसलाई बाँझै राख्नुपर्ने वा खाली छोडीदिनुपर्ने केही आवश्यकता छैन, डुवान नहुँदासम्म स्थानीय जनताले जेजे लाभ लिनसकिन्छ लिनु उचित हुन्छ ।’’
अध्यक्ष ओलीले पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाई भएको भन्दै असन्तुष्टी समेत व्यक्त गरे । अर्कोफरक प्रंसगमा उनले राजनीतिलाई स्वस्थ्य र स्वच्छ बनाउनुपर्नेमा समेत जोड द्एिका छन् । ‘‘कि त लोकतन्त्र हुनै भएन लोकतन्त्र भएपछि प्रतिस्पर्धा हुन्छ, उनले भने, हामीले छानेर रोजेरै ल्याएको व्यवस्था हो प्रतिस्पर्धाको प्रणाली, तर प्रतिस्पर्धा भनेको मारामार होइन, लोकतन्त्रमा प्रतिस्पर्धाबाट काम गरेर देखाउनुपर्छ ।’’
प्रतिक्रिया