गोरखा। गोरखामा बाँझो जमिनमा घाँस खेती गर्न चाहाने कृषक वा कृषि समुहहरुलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराइने भएको छ । भेटरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखालेचालु आर्थिक बर्षमा जिल्ला भित्र तीन बर्षदेखि बाँझो रहेको जमिनमा भुई घाँस तथा डाले घाँसको खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागिएको केन्द्रका निमित्त प्रमुख डा. शर्मिला कुमालले जानकारी दिए।
कार्यालयले प्रति रोपनी तीन हजार रुपैयाका दरले किसानलाई अनुदान उपलब्ध गराउने उहाँको भनाई छ। “चालु आर्थिक बर्षका लागि बाँझो जग्गामा घाँसखेती प्रर्वद्धन कार्यक्रम अन्र्तगत १८ लाख रुपैया बजेट बिनियोजन गरिएको छ,” निमित्त प्रमुख डा. कुमालले भने, “कार्यक्रम मार्फत अनुदान लिन चाहानेहरुका लागि सार्वजनिक सूचना मार्फत प्रक्रिया पु¥याएर निवेदन दिन आवहान गरिसकिएको छ ।’’
किसानहरुले घाँसखेती गरेसंगै त्यसको उपयोगिताका आवश्यक अध्ययन गरेर कृषकहरुलाई अनुदान उपलब्ध गराइने कार्यालयका सूचना अधिकारी टिकाबहादुर नेपालीले जानकारी दिए । त्यस्तै बाँझो जग्गा भाडामा लिएर घाँस खेती गर्न चाहानेहरुले भने भुई घाँसका लागि कम्तिमा ५ बर्ष र डाले घाँसका लागि कम्तिमा १० बर्ष करार सम्झौता गरेको हुनुपर्ने उनले बताए ।
अनुदानका लागि स्थानीय वडा कार्यालयबाट तीन बर्षदेखि खेती योग्य जमिन बाँझो रहेको तथा बाँझो खेती गर्न प्रोत्साहन अनुदान लिन योग्य रहेको सिफारिस समेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको सूचना अधिकारी नेपालीको भनाई छ ।
चालु आर्थिक बर्षमा जिल्ला भित्र करिब ६ हजार रोपनी क्षेत्रफल बजार बाँझो जमिनमा घाँस खेती गर्ने किसानहरुलाई अनुदान दिने योजना रहेको उनले बताए । बाँझो जग्गामा घाँसखेती प्रर्वद्धन कार्यक्रम सञ्चालन मापदण्ड २०८० बमोजिम अनुदान कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया