गोरखामा ट्रयाक्टर दुर्घटनामा एक व्यक्तिको मृत्यु भएपछि चालक बिरुद्ध सवारी ज्यान मुद्दा दर्ता

गोरखामा ट्रयाक्टर दुर्घटनामा एक व्यक्तिको मृत्यु भएपछि चालक बिरुद्ध सवारी ज्यान मुद्दा दर्ता

गोरखा। गोरखाको सहिद लखन गाउँपालिका–३, मा दुर्घटनामा परेका ट्रयाक्टर चालक बिरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।

शनिवार बिहान करिब १०ः३० बजेको समयमा सिलिङ स्थित ढुङ्गा लोड गरी सिलिङबाट मझुवादेउराली तर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना परेर एक जनाको मृत्यु भएको थियो ।

ध. १ त. १२५ नं।को ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर खसेको तल खसेको थियो । ट्याक्टर चालक गोरखा नगरपालिका– १३ घर भएका ३४ का बिश्वास गुरुङलाई प्रहरीले पक्राउ गरी सवारी ज्यान कसूर शीर्षकमा मुद्दा दर्ता गरेर जिल्ला अदालत गोरखाबाट हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।

दुर्घटनामा ट्रयाक्टरमा सवार शहिदलखन गाउँपालिका–३ बस्ने बर्ष २६ को राम बहादुर आले, तनहुँ आँबुखैरेनी गाउँपालिका ३, बस्ने बर्ष ३० का पदम बहादुर थापा र सोही ठाउँका २५ बर्षका प्रदिप अर्याल घाईते हुनुभएको थियो । पदमबहादुरको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

TOP