
गोरखा । गोरखामा बाल यौन दुव्र्यहारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अजिरकोट गाउँपालिका ५ घर भएका ३७ बर्षका पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रविन्द्र अधिकारीले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिले बहिनी नाता पर्ने ११ बर्षकी आफ्नै काकाको छोरीलाई यौनदुव्र्यहार गरेको आरोप लागेको छ । शुक्रबार राती करिब ९ बजेको समयमा घरको कोठामा यौनदुव्र्यहार गरेको पिडितकी आमाले जाहेरीमा उल्लेख गरेकी छिन् । पिडितको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेको व्यक्ति विरुद्ध बालयौन दुरुपयोग कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रतिक्रिया