गोरखा । गोरखाकाे पालुङटारमा गोरेटो बाटोमा हिड्दै गरेका एक व्यक्तिको लडेर मृत्यु भएको छ । पालुङटार नगरपालिका–३ आँपपिपल पाथीभरा बस्ने ५९ बर्षिय कृण्णबहादुर अधिकारीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।
अधिकारी शुक्रबार साँझ ७ बजेतिर गोरेटो बाटो हिड्ने क्रममा लडेर तल रहेको सडकको नालीमा बजारिएको र उनको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी रबिन्द्र अधिकारीले बताए । उनका अनुसार अधिकारी हिडेको बाटोबाट ७ मिटर तल रहेको सडकको नालीमा बजारिन पुगेका थिए ।
नालीमा बजारिएका अधिकारीको टाउको तथा शरिरको विभिन्न भागका चोट देखिएको पनि प्रनि अधिकारीले जानकारी दिए । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीको टोली पुगेको थियो ।
अधिकारी शव शनिबार नै आँपपिपल अस्पतालमा पोष्टमार्टम गरेर उनका आफन्तलाई बुझाइएको पनि र घटनाका सम्वन्धमा अनुसन्धान सुरु गरेको गोरखा प्रहरी जनाएको छ ।
प्रतिक्रिया