गोरखा । गोरखाको दरौदि नदि किनारमा एक वृद्धको शव फेला परेको छ । बारपाक सुलीकोट गाउँपालिका ६ मसारका ७४ बर्षका जगबहादुर बरामको दरौँदी नदी किनारमा मृत अबस्थामा भेटिएका हुन्। शुक्रबार साँझ ६ बजे बरामको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
शवको पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रविन्द्र अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया