गोरखा। गोरखाका एक पुरुष खाल्डोमा पारेर गैडा मारी खाग बिक्री गर्न लागेको आरोपमा पक्राउ परेका छन् । निकुञ्ज कार्यालयले हिजो सार्वजनिक गरेका मघ्ये गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका–२ बारपाक घर भई हाल भरतपुर महानगरपालिका–११ लामा टोल बस्ने ७७ वर्षका धनबहादुर गुरूङ भएको जानकारी दिएको छ ।
खाल्डोमा पारेर गैंडा मारी खाग बिक्री गर्न लागेको आरोपमा पक्राउ परेका ८ जनालाई बिहीबार चितवन निकुञ्ज कार्यालयले सार्वजनिक गरेको थियो । गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुली क्षेत्रमा खाल्डोमा परेर मरेका खागबिहीन २ वटा गैंडा फेला परेका थिए । सोही गैंडाको खागसहित ८ जना पक्राउ परेका थिए ।
पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ लेबर्ट बस्ने ३३ वर्षका रमेश खाती रहेका छन् । उनी मुख्य योजनाकार भएको निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनी ९ गते चितवनको राप्ती–९ बाट पक्राउ परेका हुन् । त्यसैगरी, पक्राउ परेकामध्ये थिङ बाजे भन्ने मकवाानपुुर मनहरी–६ नयाँ बस्तीका ५६ वर्षीय सिताराम थिङ र मकवानपुर राक्सीराङ–९, मुल घरभइ हेटौंडा–४ बस्ने ४४ वर्षीय समशेर थिङलाई पनि निकुञ्जले गैंडा मार्ने योजनाकार भएको बताएको छ । उनीहरू पनि ९ गते नै राप्ती–६ बाट समातिएका हुन् ।
गैंडाको खाग पनि राप्ती–६ मा नै फेला परेको सहायक संरक्षण अधिकृत तथा निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले बताए । निकुञ्जले राप्ती–११ का ४२ वर्षीय पासाङ भन्ने आइतसिंह मोक्तान, रोल्पा सुनछहारी गाउँपालिका–६ फागम घर भइ मकवानपुर हेटौंडा–५ बस्ने २८ वर्षका अर्जुन रोका, चितवन कोराकका ४० वर्षीय उनबहादुर स्याङ्तान र स्याङ्बो भन्ने मकवानपुर मनहरी घर भइ चितवन बाँदुरझुला बस्ने वर्ष ५६ को इन्द्रबहादुर तमाङ रहेका छन् ।
उनबहादुर र इन्द्र ११ गते पक्राउ परेका हुन् भने अरू ९ गते समातिएका हुन् । उनीहरूलाई अनुसन्धान गर्न चितवन जिल्ला अदालतले ७ दिनको म्याद लिएको सूचना अधिकारी तिवारीले बताउनुभयो । उनीहरूलाई अनुसन्धान गरि मुद्दा चलाउन ४५ दिनसम्मको समय पाइन्छ । गैंडा मुद्दामा अपराध पुष्टि भए १० लाख रूपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया