गोरखा । गोरखामा ज्यान मार्ने उद्योगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गण्डकी गाउँपालिका वडा न १ मकैसिङ बुटारका २६ वर्षीय विमला चेपाङ रहेकी छिन्। उनले विहिबार गण्डकी गाउँपालिका–१ कोलडाँडाका २४ वर्षीय सागर गुरुङलाई ज्यान मार्न सुनियोजित ढंगले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही घटनामा संलग्न रहेको आरोपमा चितवन जिल्ला ईच्छाकामना गाउँपालिका वडा नं ३ फिस्लिङ्गका २५ वर्षीय मन्दिप चेपाङ विरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । हाल फरार रहेका उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पिडितका आफन्तले दिएको जाहेरीको आधारमा बिमला चेपाङलाई आइतबार पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेकी विमला चेपाङ विरुद्ध सोमबार ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्धा दर्ता भएको छ । उनलाई जिल्ला अदालतबाट हिरासतमा राखी म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया