गण्डकी गाउँपालिका छात्रवृत्तिका लागि प्राविधिक तथा अप्राविधिक विषयमा आवेदन खुला

गण्डकी गाउँपालिका छात्रवृत्तिका लागि प्राविधिक तथा अप्राविधिक विषयमा आवेदन खुला

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले विभिन्न प्राविधिक तथा अप्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति खुलाएको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै ३ वर्षे डिप्लोमा वा अन्य कुनै अप्राविधिक विषयमा अध्ययन गर्नका लागि तथा एक सिट चिकित्साशास्त्रमा स्नातक MBBS अध्ययन गर्ने एक छात्र र छात्राका लागि छात्रवृत्ति खुलाएको जनाएको छ ।

छात्रवृत्ती अन्तर्गत शैक्षिक शु्ल्क तर्फ वार्षिक रु एक लाख दश हजार तथा खानावास तर्फ वार्षिक एक लाख गरी अधिकतम दुई लाख दश हजार सम्मको छात्रवृत्ति प्रदान गरिने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले बताए ।
उनका अनुसार विपन्न, जनजाती, सिमान्तकृत चेपाङ, दलित विध्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गरिएको हो ।

हाल गाउँपालिकाले ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको छ । “गाउँपालिकालाई अघिल्लो बर्षको ५ जनाको पनि जिम्मेवारी रहेकाले यस बर्ष २ जना छात्र, छात्रालाई मात्र छात्रवृत्ति प्रदान गर्नेछौं,” प्र्रमुख प्रशासकिय अधिकृत उपरकोटिले भने– “अर्को बर्षबाट भने छात्रवृत्ति पाउने विद्यार्थीको संख्या थप गरिनेछ ।”

छात्रवृत्तिको लागि मंसिर २७ गतेसम्म आवेदन दिन पाउने छन् । गण्डकी छात्रवृत्ती मापदण्ड बमोजिम लिखित तथा अन्तर्वार्ता हुने जनाईएको छ । लिखित परिक्षामा विध्यार्थीले एस.ई.ई मा प्राप्त गरेको जि.पि.ए तथा अन्य आधारमा मूल्याँकन गरिने गाउँपालिकाले जनाएको छ ।

सम्पूर्ण ईच्छुक विध्यार्थीहरुलाई समयमै गाउँपालिका शिक्षा शाखामा आईपुग्ने गरी आवेदन भर्नका लागि समेत गाउँपालिकाले आह्वान गरेको छ ।

प्रतिक्रिया

TOP