जाजरकोट भूकम्प पिडितलाई जेष्ठ नागरिक संघ गोरखाद्धारा आर्थिक सहयोग

जाजरकोट भूकम्प पिडितलाई जेष्ठ नागरिक संघ गोरखाद्धारा आर्थिक सहयोग

गोरखा । जाजरकोट भूकम्प पिडितकालागि गोरखाको एक संस्थाले २ लाखभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको छ । जिल्लामा कार्यरत जेष्ठ नागरिक संघ गोरखाले आज एक कार्यक्रम बिच २ लाख २१ हजार ७१६ रुपैयाँ नगद सहयोग गरेको हो ।

सहयोग रकम प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा जम्मा गरेर सो को भौचर प्रमुम जिल्ला अधिकारी दिनेशसागर भूषाललाई हस्तान्तरण गरेको हो । जम्मा गरेको भौचर जिल्लामा कार्यरत सञ्चार कर्मी र संघका जिल्ला कार्यसमितिका पदाधिकारीहरुको उपस्थितीमा प्रजिअ भुसालाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रजिअ भुसालले जाजकोट भूकम्प पिडितकोलागी प्राप्त रकमको लागि संघलाई धन्यबाद दिदै सबै पक्षले दुःखको बेला सहयोग गनुपर्ने बताए ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठले जम्मा गरेको बैंक भौचर प्रजिअ भुसाललाई हस्तान्रण गरेका थिए ।

अध्यक्ष श्रेष्ठले गोरखा बजारका सर्व साधारण तथा ब्यापारीबाट ९५ हजार ६००, संघको जिल्ला कार्य समितिबाट ७० हजार, पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिबाट ५१ हजार १११ रुपैयाँ र तिनधारे खानेपानी तथा सरसफाई उपभोत्ता समितिबाट ५ हजार ५ रुपैयाँ प्राप्त भएकोले सबैलाई धन्यबाद पनि दिए ।

प्रतिक्रिया

TOP