गोरखा । गोरखाको गण्डकी गाउँपालिका–१ को मकैसिङ स्थित कोलडाँडामा नाचगाँन गर्ने क्रममा युवाहरु बिच झडप हुदा खुकुरी हानाहान भएको छ । खुकुरी प्रहारबाट कोलडाँडाका २४ बर्षिय सागर गुरुङ घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
मंसिर ७ गते बिहीबार राती ११ बजेको समयमा नाचगाँनकै क्रममा युवायवती बिच झगडा हुदाँ गुरुङ माथी गण्डकी गाउँपालिका–१ मकैसिङ, बुटार बस्ने २६ बर्षिया बिमला चेपाङ र चितवन जिल्ला ईच्छाकामना गाउँपालिका–३ फिस्लिङ घर भएका २५ बर्षिय युवक फरार भएकाले नाम उल्लेख नगरिएकोले खुकुरी प्रहार गरेर घाईते बनाएका थिए ।
खुकुरी प्रहारबाट गंभिर घाईते भएका गुरुङको चितवन मेडिकल कलेजमा टाउकाको अप्रेशन गरिएको छ । उनको अवस्था अहिले सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।
घटना पछी पिडितका आफन्तको उजुरीको आधारमा प्रहरीले बिमला चेपाङलाई पक्राउ गरेको र अन्य १ जना युवक फरार भएकाले ब्यापक रुपमा खोजी भईरहेको प्रनाउ श्रेष्ठले जानकारी बताउनुभयो । मंसिर १० गते आइतबार पक्राउ परेको चेपाङ उपर प्रहरीले मंसिर ११ गते सोमबा विरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरेको छ ।
पक्राउ परेकी चेपाङलाई प्रहरीको हिरासतमा राखी अनुसन्धान सुरु गरीएको र फरार ब्यत्तीको खोजीका लागि अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमती माग गरीको पनि प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया