गोरखा अश्राङका आगलागी पिडितलाई गाउँपालिका र रेडक्रसद्धारा राहत सामाग्री वितरण

गोरखा अश्राङका आगलागी पिडितलाई गाउँपालिका र रेडक्रसद्धारा राहत सामाग्री वितरण

गोरखा । भिमसेन थापा गाउँपालिका–६ अश्राङका आगलागी पिडित परिवारलाई गाउँपालिका र रेडक्रसको राहात सामग्री उपलब्ध गराएको छ । शनिबार गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले पिडित राजेश थापामगरको घरमा पुगेर गाउँपालिकाको तर्फबाट लत्ता कपडा र खाद्यान्य पिडितलाई उपलब्ध गराएका हुन् ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी बोर्लाङ उपशाखाले पिडित परिवारका लागि खाना पकाउने समाग्री, ओड्ने ओछ्याउने कपडा, टेण्ट लगायतका राहात समाग्री उपलब्ध गराएको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

शुक्रबार विहान करिब १० बजेको समयमा विद्युत सट भएर आगलागी हुँदा थापा मगरको ढुङ्गामाटोले बनेको तीनकोठे घर जलेर पूर्ण रुपमा क्षति भएको थियो ।

आगलागीबाट पिडित थापामगरको घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाकुडा लगायत सवै जलेर नष्ट भएको थियो । आगलागीबाट १२ लाख रुपैयाको क्षति भएको प्रारम्भिक अनुमान रहेको वडाध्यक्ष रन्जन रिमालले बताए ।

पिडित परिवारलाई नेकपा माओवादी केन्द्रका तर्फवाट २७ हजार ५ सय रुपैया सहयोग संकलन गरी हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

TOP