क्या अचम्म !
माफियाको हातमा राष्ट्रिय झण्डा खै! के सुहाएको छ?
ऋण लिएर फिर्ता नगर्नेले देशभक्तको तक्मा पाएको छ ।
हजारौँ शहिदको बलिदानले प्राप्त हो यो गणतन्त्र
नसम्झ तिम्ले जनताहरुमा साच्चै निारासा छाएको छ ।
आज रासक्ष ठानी गाली गर्नेलाई फेरि पनि सम्झ त
कुनै दिन तिम्ले देउदा मानी तिनकै वरिपरि धाएको छ ।
कुन मुलुकमा छ भन्देउ न फेरि ए! ज्योतिष मलाई
घाट लगि जलाएको लास जिउदै घर फर्की आएको छ ।
कुनै गुप्त शक्तिले हो तिम्रो मनमा आँट भरिदिएको
कसरी ठानु जनताको मुक्ति शुद्व मनले चिताएको छ ।
रमेश थापा मगर
अध्यक्षः शहिद लखन गाउँपालिका, गोरखा
प्रतिक्रिया