गोरखाको क्रसर उद्योगको सामाान चोरी गरेको आरोपमा एक युवक पक्राउ

गोरखाको  क्रसर उद्योगको सामाान चोरी गरेको आरोपमा एक युवक पक्राउ

गोरखा । दरौंदी क्रसर उद्योगको परिसरबाट क्रसर उद्योगको सामानहरु चोरी गरेको आरोपमा गोरखा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–.६, स्थित दरौंदी क्रसर उद्योगको परिसरबाट क्रसर उद्योगको सामानहरु चोरी भएको घटनाको अनुसन्धानका क्रममा लमजुङ दुधपोखरी गाउँपालिका–१, माझबारी बस्ने बर्ष २४ को रमेश भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

क्रसरबाट चोरी भएको सामान खोजतलास गर्दै जाँदा गोरखा नगरपालिका १३ बाट क्रसर मेसिनको प्राईमरी पीन दुई थान सहित भट्टराईलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका भट्टराई बिरुद्ध प्रहरीले आज चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

TOP