गोरखामा बलात्कार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरी कारागार चलान

गोरखामा बलात्कार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरी कारागार चलान

गोरखा । बलात्कार मुद्धाकाएक फरार अभियुक्तलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाबाट बलात्कारका मुद्धामा सजाय फैसला भएका गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ घर भएका ३५ बर्षका महेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डिएसपी० रमेशकुमार श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका श्रेष्ठलाई अदालतले ४ बर्ष ९ महिना १५ दिन कैद सजाए सुनाएको थियो । फैसला कार्यान्वयनका लागि बिशेष टोली परिचालन गरेर काम गर्दै आएको प्रहरीले उनलाई बिहिबार पक्राउ गरेको उनले बताए।

श्रेष्ठलाई प्रहरी चौकी घ्याल्चोक गोरखाबाट खटिई प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तालाई आज जिल्ला अदालत गोरखा पठाइएको अदालतको आदेश अनुसार उनलाई कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

TOP