कतारको भिसा नपठाएको झोँकमा गरिएको थियो मुगुमा चार जनाको हत्या

कतारको भिसा नपठाएको झोँकमा गरिएको थियो मुगुमा चार जनाको हत्या

काठमाडौं । मुगुमा एकै परिवारको चार जनाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय मनोज, ७ वर्षीया अप्सरा र ५ महिने रहरको हत्या आरोपमा नातेदार दुई जना पक्राउ परेका छन् ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाका ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुन्दुका ३१ वर्षीय गोपालबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। गोपाल श्रीदेवीका मामाका छोरा हुन् ।

श्रीदेवीका श्रीमान् दीपक रोजगारका लागि कतारमा थिए। गोपाल पनि कतारमा दुई वर्ष बसेर राम्रो कमाइ नभएको भन्दै फर्किएका थिए । दीपक भने गत मंसिरमा कतार गएका थिए ।

गोपालले दीपकलाई भिसा पठाइदिन आग्रह गरेका थिए। दीपकले उक्त कुरा अस्वीकार गरेपछि गोपाल रिसाएको अनुसन्धानबाट देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी भीमप्रसाद ढकालले बताउनुभयो। त्यही रिसिइबीका कारण परिवारकै हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ। साथै उनीहरूले उक्त घरमा लुटपाट गर्ने योजना पनि बनाएका थिए।

राम्रो कमाइ गरिरहेका दीपकको घरमा नगद र सुन हुन सक्ने अनुमानमा हत्या गर्न गोपालले बाँकेबाट गोर्खराज शाहीलाई पनि बोलाएका थिए। हत्या गर्ने योजना उनीहरूले जेठमै गरेका थिए। त्यसबेला नै श्रीदेवीसँग १०र१२ तोला हुनसक्ने भएकोले लुट्ने सोचेका थिए।

तर त्यतिबेला श्रीदेवी गर्भवती रहेको हुँदा हत्या नगरी फर्किएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ। फेरि उनीहरूले असोजमा भेटेर कात्तिकमा हत्या गर्ने भनेर योजना बनाएका थिए।

योजनाअनुसार गोर्खबहादुर सुर्खेतबाट कात्तिक ५ गते मुगुका लागि हिँडेका थिए।

प्रतिक्रिया

TOP