गोरखा । गोरखामा अदालतबाट कैद र जरिवाना तोकिई फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका नं. १३ का ४६ वर्षीय शिवबहादुर बि.क. र गण्डकी गाउँपालिका वडा नं. ७ का ३७ वर्षीय शरण गुरुङ रहेका छन् ।
वि.क. चोरी मुद्दामा फरार रहेका थिए भने गुरुङ सार्वजनिक सम्पदाविरुद्धको कसूर मुद्दामा फरार रहेका उनिहरुलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
जिल्ला अदालत गोरखाबाट कैद र जरिवाना तोकिई फरार रहेका अभियुक्तहरु पक्राउ गर्नको लागि फैसला कार्यान्वयन बिशेष टोली गठन गरी परिचालन गरिएकोमा प्रहरी चौकी मझुवादेउराली गोरखा र प्रहरी चौकी घ्याल्चोक गोरखाबाट खटिएका टोलीले पक्राउ गरेको उनको भनाई छ।
पक्राउ परेका दुवै जनाबाट जरिवाना असुल गर्न जिल्ला अदालत गोरखामा पठाइएको छ । प्रहरीका अनुसार उनीहरुबाट पचहत्तर हजार एक सय पैसठ्ठी रुपैयाँ जरिवाना असुल भइसकेको छ ।
प्रतिक्रिया