गोरखामा अखाद्य बस्तु बिक्री बढेको भन्दै मसला तथा किराना ब्यवसायी संघले गरायो सरोकारवालाको ध्यानाकर्षण

गोरखामा अखाद्य बस्तु बिक्री बढेको भन्दै मसला तथा किराना ब्यवसायी संघले गरायो सरोकारवालाको ध्यानाकर्षण

गोरखा। गोरखामा चाडपर्वको बेलाअखाद्य बस्तु बिक्री वितरण बढेकोभन्दै मसला तथा किराना ब्यवसायी संघले सरोकारवालालाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको छ ।

संघका पदाधिकारीहरुले आइतबार विभिन्न सरोकारवालाहरुलाई ज्ञापन पत्र बुझाउदै त्यस्ता गतिविधीहरुलाई तत्कालै नियन्त्रणमा लिन सुझाव समेत दिएको छ ।

संघका जिल्ला अध्यक्ष अरबिन्द गुप्ताले शुभ दिपावलीको अवशरमा गोरखा बजारको सडक पेटीमा फुटपाथमा गैर कानूनी रुपमा भाई मसला तथा खुल्ला रङ बिक्री हुन थालेको भन्दै ज्ञापन पत्र बुझाएको जानकारी दिनुभयो ।

गुप्ताको नेतृत्वमा गएको एक समूहले जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, गोरखा नगरपालिका, जिल्ला प्रहरी, गोरखा उद्योग बाणिज्य संघ, चेम्बर अफ कर्मश र गोरखा नगरपालिका वडा नम्बर ६ को कार्यालयमा पुगि ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्रमा भाई मसलामा गुणस्तर हिन सामाग्रीहरु तथा मिति गुज्रिएका सामान राखिएको र खुल्ला रुपमा बिक्री गरिएको रङमा पिठो मिसाएको तथा त्यस्ता ब्यापारीहरु जिल्लाबाट बाहिरबाट आएर पसल दर्ता नै नगरी ब्यवसाय संञ्चालन गरेको भनिएको छ ।

उनीहरुले त्यस्ता ब्यापारीलाई नियन्त्रणमा लिएर कानूनी कारवाही गर्न समेत प्रशासन तथा सरोकार निकायलाई आग्रह समेत गरेका छन् । संघ चेम्बर अफ कर्मश संग आबद्व संस्था हो ।

प्रतिक्रिया

TOP