गोरखा ड्युटी रहेका प्रहरीमाथि हातपात गर्न खोज्ने दई जना युवकलाई प्रहरीले गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–१, मकैसिङ बस्ने २२ बर्षका बिशाल परियार र १८ बर्षका मनोज परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी समेत रहनु भएका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनिहरुले मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा स्थानीयबासीहरुको घरका ढोका तथा सवारी साधनहरुमा ढुङ्गा हान्ने, हो–हल्ला गरेर अशान्ति मच्चाउने कार्य गरिरहेको अवस्थामा प्रहरीले सम्झाउन खोज्दा उल्टै प्रहरी माथि नै हातपातको प्रयास गरेको उनले बताए ।
ताङलीचोक प्रहरी चौकीबाट डिउटीमा गएको प्रहरीको टोलीले दुवैजनालाई प्रक्राउ गरेको हो । ‘‘प्रहरी दुवैलाई सम्झाई बुझाई गर्न खोज्दा उल्टै प्रहरीलाई नै अपशब्द प्रयोग गरी गाली गलौज तथा धाक–धम्की दिनुका साथै हातपात समेत गर्न खोजेपछि उनिहरुलाई पक्राउ गरिएको हो । ’’ डिएसपी श्रेष्ठले भने
पक्राउ परेका दुवैजना बिरुद्ध जिल्ला प्रसासन कार्यालय गोरखाबाट सोमबार म्याद थपको अनुमति लिएर सार्वजनिक शान्ति विरुद्धको कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया