काठमाण्डौं । प्रहरी वृत्त कार्यलय स्वयम्भुले समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । नार्गजुन नगरपालिका १ स्थित रानीवन पाठशालामा एक कार्यक्रमका बिच चाडपर्वलाई लक्षित शान्ती सुरक्षासंग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेर प्रहरीले कार्यक्रम गर्दै आएको छ ।
शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी अभियान अपरिहार्य भएको भन्दै नेपाल प्रहरीले अभियान सुरु गरेको प्रहरी वृत्त कार्यलय स्वयम्भुका डिएसपि पुर्णिमा चन्दले बताए । समाजमा विभिन्न खाले अपराधका घटना बढेको भन्दै अपराध नियन्त्रणमा प्रहरीले मात्रै त्यसको नियन्त्रण गर्न नसकिने भन्दै हरेक समुदायको साथसहयोग जरुरी रहेको भन्दै साझेदारी कार्यक्रम संचालन गरिएको उनको भनाई छ ।
कार्यक्रममा नार्गजुन नगरपालिका वडा नं १ का वडा अध्यक्ष रामेश्वर लामा, वडा सदस्यहरु, स्थानिय बुद्धिजिवी लगायतको उपस्थिीति रहेको थियो ।
प्रतिक्रिया