भिमसने थापा गाउँपालिकामा तीज बिशेष कार्यक्रम: तीज गित प्रतियोगितमा वडा न ७ र वक्तृत्वकलामा दुर्लभ मावि प्रथम
काठमाण्डौं । गोरखाको भिमसेन थापा गाउँपालिकाको आयोजनामा शनिबार खाञ्चोकमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले “स्थानीय सरकारमा महिलाको भूमिका” बिषयमा खुला तीज गीत प्रतियोगिता र मा.बि स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको हो ।
तीज गित प्रतियोगितामा पालिका भित्रका ८ वटै वडाबाट १/१ समुहको सहभागिता रहेको थियो । जसमध्ये भिमसने थापा गाउँपालिका वडा नं ७ प्रथम भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार भिमसेन थापा गाउँपालिका वडा नं ६ द्धितिय, वडा नं ८ तृतिय र वडा नं ५ ले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा प्रथम द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने वडाहरुले क्रमशः रु.१० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्रदान गरिएको उनले बताए ।
यसै गरि “स्थानीय सरकारमा महिलाको भूमिका” बिषयक वक्तृत्वकला प्रतियोगितामा पालिकाका हरेक माध्यमिक बिद्यालबाट १/१ जना बिद्यार्थीको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा दुर्लभ मावि मसेल प्रथम, नवजागृती मावि अश्राङ द्धितिय, संस्कृत मावि तृतिय र जागेश्वर मावि बोर्लाङ्गले सान्तवना स्थान हासिल गर्न सफल भएका प्रमुख प्रशासकिय अधिकृत अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने बिद्यालयले क्रमशः रु ५ हजार, ४ हजार, ३ हजार र १ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा भिमसेन थापा गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जरा, जनप्रतिनिधिहरु समाजसेविहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम भिमसेन थापा गाउँपालिका उपाध्यक्ष अम्बिका वाग्ले अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया