गोरखामा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

गोरखामा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका वडा नम्बर ४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाईकलमा सवार सोही ठाउँका २७ बर्षका रामलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

अजिरकोट गाउँपालिकाको भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउदै गरेको ग १ ख ९७३६ नम्बरको यात्रुवाहक बसले र विपरित दिशाबाट आउदै गरेको ग ७ प १५१० नम्बरको मोटरसाईकललाई ठक्कर दिएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक कुमाललाई तत्काल उद्धार गरी उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेजमा पु¥याइएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए । मोटरसाईकललाई ठक्कर दिने बस र बसका चालक ४९ बर्षका रेशम गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

TOP