गोरखा । गोरखकाली रबर उद्योगबाट तामाको तार चोरी गरेको आरोपमा गोरखा प्रहरीले २ जना युवाहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका–३ घर भएका २० बर्षिय राजकुमार मगर र ३३ बर्षका ज्ञानेन्द्र विश्वकर्मा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक शेखर खड्काले जानकारी दिए ।
उनका अनुसार गोरखा नगरपालिका–१३ को मझुवा देउरालीमा लामो समयसम्म बन्द रहेको उद्योगको स्टोर कोठाबाट तामाको तार चोरी गरेका थिए । गएको बुधबार दिउसो १२ बजेको समयमा ति युवाहरुले स्टोर कोठामा प्रवेश गरी चोरी गरेको भन्ने सुचनाको आधारमा प्रहरी चौकी मझुवा देउरालीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका युवाहरुबाट तारकाट प्रयोग गरेको खुर्पा र तामाको तार बरामद भएको प्रनि खड्काले जानकारी दिए ।
प्रतिक्रिया