गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्रताको नाममा छाडातन्त्र मौलाउदै गएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ गोरखा शाखाको नवनिर्मित भवनको आज उद्घाटन गदैँ उनले आफ्नो कर्तव्य भुलेर केहि पत्रकारले गरेको कार्यले सिंगो पत्रकार जगत माथि नै प्रश्न चिन्ह खडा हुन पुगेको भन्दै पत्रकारीतामा छाडातन्त्र मौलाउदै गएको बताएका हुन् ।
प्रदेश सरकार आर्थिक सम्बृद्धिको नयाँ सम्भावना खोल्न सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र सम्बृद्धिको दिशामा अघि बढीरहेको उनको भनाई छ ।
‘गण्डकी प्रदेश भित्रका सवै क्षेत्रमा समानुपातिक ढंगबाट विकास अगाडी बढाउन सकियोस भन्ने प्रदेश सरकारको चाहाना रहेको छ, मुख्यमन्त्री पाण्डेले भने, ‘त्यसका लागि आर्थिक सम्बृद्धिको नयाँ सम्भावना खोल्न सकियोस भन्ने कुरामा सरकारले सकारात्मक र इमान्दारितापूर्वक प्रत्यत्न गरिरहेको छ ।’
उनले नेपाली समाजमा पछिल्लो समय राजनीतिक दल र सरकारप्रति केही असन्तुष्टी र आक्रोस देखिएको भन्दै त्यसलाई सवै क्षेत्र मिलेर समाधान गर्नुपर्नेमा जोडदिए । ‘समाजमा देखिएका असन्तुष्टी र आक्रोसलाई सरकारले सम्बोधन गर्नुपर्ने आवश्यकता पनि छ, उनले भने, ‘हाम्रा सिमित स्रोत र साधनहरुलाई अधिकतम प्रयोग गरेर मुलुकमै बसेर केही गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्छ त्यसतर्फ हामी सवैको सकारात्मक र जिम्मेवारीपूर्ण भूमिकाको आवश्यकता छ ।’
मुख्यमन्त्री पाण्डेले जनताको आक्रोस र असन्तुष्टीलाई हिसांमा बदल्ने प्रयत्न भइरहेको देखिएको भन्दै सवै मिलेर समस्यालाई समयमै नियन्त्रण गर्नुपर्ने बताए । उनले गण्डकी प्रदेश सरकार विकासका लागि पत्रकारिता जगतसंग हातेमालो गरेर हिड्न प्रतिवद्ध रहेको समेत उल्लेख समेत गरे ।
‘गण्डकी प्रदेश सरकार पत्रकार जगतको विकासका लागि पत्रकारिता क्षेत्रसंग हातेमालो गरेर अघि बढ्न तयार रहेको छ, उनले भने, ‘पत्रकारिता जगतको तर्फबाट पनि प्रदेश सरकारले सकारात्मक सहयोग र सुझावको अपेक्षा गरिरहेको छ ।’ उनले गण्डकी प्रदेशलाई सवैको नमुना प्रदेश बनाउनका लागि पत्रकारिता क्षेत्रले पनि नयाँबाटोहरु देखाउन अनुरोध गरे ।
मुख्यमन्त्री पाण्डेले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि बजेट विनियोजन गरेको बताए । पत्रकार महासंघ लगायत पत्रकारसंग सम्बन्धित संघसंस्थाहरुसंग छलफल गरेर गण्डकी प्रदेशको आमसञ्चार विद्येयक संसदमा दर्ता गराएको भन्दै उनले त्यसले स्वच्छ र मर्यादित पत्रकारिताको विकास र स्वतन्त्रताका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया