गोरखा । गोरखा सदरमुकाममा फेला परेको बमलाई डिस्पोज गरिएको छ । गोरखा–आबुँखैरेनी सडक खण्ड अन्तर्गत गोरखा नगरपालिका–८ को कट्टेल चोकमा बिहान ५ बजेको समयमा बम फेला परेको थियो । उक्त बम नेपाली सेनाका रिपुमर्दन गणको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले बताए ।
बम डिस्पोज गरेसंगै बन्द रहेको यातायात सेवा बिहान ७ः५५ बजेबाट सुचारु भएको उनले बताए ।
बम फेला परे संगै बिहान ५ बजेदेखी गोरखा–आबुँखैरेनी सडक अबरुद्व भएको थियो ।
आज बैंद्य माओवादीले नेपाल बन्दको आयोजना गरेको छ । सोहि कारण बम राखिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
बम राखिएको स्थानमा हसिया हथौडा अंकित झण्डा समेत फेला परेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया