गोरखा सदरमुकाममा प्रेसरकुकर बमजस्तै देखिने शंकास्पद बस्तु फेला

गोरखा सदरमुकाममा प्रेसरकुकर बमजस्तै देखिने शंकास्पद बस्तु फेला

गोरखा । गोरखा सदरमुकाममा प्रेसरकुकर बमजस्तै देखिने शंकास्पद बस्तु फेला परेको छ । गोरखा नगरपालिका ९ कट्टेलचोकको बीच सडकमा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

बम फेला परे संगै बिहान ५ बजेदेखी गोरखा–ठिगुरेश्वाराको सडक अबरुद्व भएको छ । घटना स्थलमा प्रहरी र नेपाली सेनाको टोली पुगेको छ ।

बैंद्य माओवादीले आज नेपाल बन्दको आयोजना गरेको छ । सोहि कारण बम राखिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

बमलाई केही समय भित्रै नेपाली सेनाको टोलीले डिस्पोज गर्ने तयारी गरीरहेको छ ।

बम राखिएको स्थानमा हसिया हथौडा अंकित झण्डा समेत राखिएको एसपि श्रेष्ठले जानकारी दिए ।

बम फेला परेसंगै गोरखाबाट बाहिरीने सबै यातायात र आँबुखैरेनी भएर गोरखा तर्फ आउने यातायात रोकिएको छ ।

प्रतिक्रिया

TOP