गोरखामा रुखबाट लडेर वडासदस्यको मृत्यु

गोरखामा रुखबाट लडेर वडासदस्यको मृत्यु

गोरखा । गोरखामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ का ३६ बर्षका वडासदस्य शंकर माँझीको अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपालीले जानकारी दिईन् ।

मंगलबार साँझ साथीहरुसंगै अरिङ्गाल पोल्न जानु भएका माँझी अरिङ्गाल पोल्न क्रममा एक्कासी रुखबाट खसेर ढुङ्गामा बजारिएर मृत्यु भएको उनले बताईन् । आरुघाट गाउँपालिकाको वडा नम्बर ८ स्थित लामाबगर भन्ने ठाउँमा सिमलको रुखमा अरिङ्गालको गोला पोल्ने क्रममा हाँगा भाँचिएर भुइँमा खसेका थिए ।

घाइते माँझीलाई उपचारका लागि आरुघाट प्राथामिक स्वास्थकेन्द्रमा पु¥याइएको र उपचारका क्रममा मृत्यु भएको हो । मृतक माँझी नेपाली काग्रेसबाट वडासदस्यमा निर्वाचित भएका थिए। वडासदस्य माँझीको दुःखद निधन भएकोमा गाउँपालिकाले आज (बुधबार)पालिका भित्र शोक विदा दिएको छ ।

वडासदस्यको आकस्मिक निधन भएकाले शोक मनाउन गाउँपालिकाले शोक विदा दिएको उपाध्यक्ष नेपालीले बताईन

प्रतिक्रिया

TOP