तनहुँ,१२भाद्र । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ऋषिङ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले बालिका बलात्कार आरोपमा ऋषिङ–७ का झुलबहादुर थापालाई पक्राउ गरेको हो ।
गाउँपालिकास्थित ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका थापाले गत साउन ३१ गते बालिकालाई उनकै घरमा गई बलात्कार गरेको भन्दै पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए ।
घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी उपरीक्षक अवधेश विष्टले जानकारी दिए ।
बालिका बलात्कारको घटना सार्वजानिक भएपछि मिलापत्रका लागि गाउँपालिकाका जनप्रतिनिधिको रोहबरमा बैठकसमेत बसेको बताइएको छ । उक्त बैठकमा आरोपितले घटनाको मिलापत्रका लागि पीडित परिवारलाई २ लाख रुपैयाँ दिने प्रस्ताव गरे पनि पीडित परिवारले मिलापत्रमा सहमत नभई थापाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
प्रतिक्रिया