गोरखाका पत्रकार श्रेष्ठलाई प्रेस सेन्टर गण्डकी प्रदेश इन्जार्चको जिम्मेवारी

गोरखाका पत्रकार श्रेष्ठलाई प्रेस सेन्टर गण्डकी प्रदेश इन्जार्चको जिम्मेवारी

गोरखा । गोरखाका पत्रकार दिपक श्रेष्ठलाई प्रेस सेन्टर नेपालले सगठनको गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। श्रेष्ठलाई सेन्टरको राजधानीमा शनिबार भएको केन्द्रिय पदाधिकारीहरुको बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको हो ।

तत्कालिन गण्डकी प्रदेश ईन्चार्ज त्रिभुवन पौडेलको ०७९ माघ १ गते जहाज दुर्घटना परी निधन भएपछी रिक्त रहेको पदमा श्रेष्ठलाई जिम्मेवारी दिएको प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिब सन्तोष पौडेलले जानकारी दिए ।

केन्द्रीय उपमहासचिब समेत रहनुभएका श्रेष्ठ राष्ट्रिय समाचार समिति, गोरखा सदरमुकाममा रहेको रेडियो मनास्लुको स्टेसन म्यानेजर र नागरिक सवाल डटकममा अनलाइनमा सक्रिय पत्रकारीता गर्दै आएका छन् ।

प्रतिक्रिया

TOP