गोरखा दरौँदी बसको ठक्करबाट दुईजनाको मृत्यु, एक घाइते

गोरखा दरौँदी बसको ठक्करबाट दुईजनाको मृत्यु, एक घाइते

गोरखा, ३ भदौं । गोरखा दरौँदी यातायात कम्पनी प्रा.लिको बसले आज बिहान दुई जनाको मृत्यु भएको छ । काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु हो ।

बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२–०३७प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर हुने ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती मृत्यु भएको प्रहरीले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा नौ वर्षीय बालिका अनिशा थापा घाइते भएकी छन् । टाउकोमा चोट लागेर घाइते भएकी थापाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता ढुङ्गेलले बताए ।

प्रतिक्रिया

TOP