‘ब्रेक शु’मा तस्करी गरि ल्याइएको एक क्विन्टल भनिएको सुनको परिमाण ६० किलो ७८९ ग्राम मात्र

‘ब्रेक शु’मा तस्करी गरि ल्याइएको एक क्विन्टल भनिएको सुनको परिमाण ६० किलो ७८९ ग्राम मात्र

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर जोखेको छ। राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै रहेको पुष्टि भएको छ ।

राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।

सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो ।

अब त्यो सुनलाई यिनै निकायका प्रतिनिधिको रोहबरमा भोलि मंगलबार बिहान साढे १० बजे गालिने आचार्यले जानकारी दिए ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

TOP