त्रिशुलीमा आएको बाढिले पुल क्षति ग्रस्त भएपछि मर्मत गर्न गण्डकी गाउँपालिका अध्यक्षले गराए बिभागको ध्यानाकर्षण
गोरखा । अबिरल बर्षका कारण त्रिशुली नदीमा आएको भीषण बाढीले गण्डकी गाउँपालिकाका जोड्ने दुई वटा झोलुङ्गे पुल तत्काल निर्माण गर्न पूर्वाधार विभागको ध्यानकर्षण गराइएको छ । गाउँपालिका अध्यक्ष दीपक तिमेल्सिना (साकार) सहितको टोली आज बिभागमा पुगेर बिभागका निर्देशन भरतप्रसाद अर्याललाई क्षति भएको झोलुङ्गे पुल मर्मत गर्न आग्रह गरेको छ ।
गाउँपालिका अध्यक्ष तिमेल्सिनाले गरेको आग्रह प्रति सकारात्मक रहेको बिभागले तत्काल क्षतिग्रस्त पुल पुनःनिर्माण गर्न प्राविधिक पठाउने निर्णय गरेको छ ।
गाउँपालिकाको वडा नम्बर–६ स्थित भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जोड्ने हिक्लुङघाट माथिको पुल तथा गण्डकी गाउँपालिका वडा नम्बर गण्डकी गाउँपालिका वडा नम्बर ७ ध्याल्चोक र धादिङ्गको बेनिघाट रोराङ्ग गाउँपालिका ७ जोड्ने धवादीघाट माथिको झोलुङे पुल गएराती आएको भीषण बाढीले क्षति पुगेको थियो ।
पुलमा क्षति पुगेपछि दुवै पालिकाका नागरिकहरुलाई ओहोर दोहोर गर्न समस्या भएपछि गाउँपालिका अध्यक्ष तिमेल्सिनाले तत्काल बिभागमा पुगेर पुल मर्मतका लागि पहल गरेका हुन् ।
प्रतिक्रिया