गोरखा, २९ साउन । लगातारको परेको अविरल बर्षापछि त्रिशुली नदीमा आएको भीषण बाढीले दुई वटा झोलुङ्गे पुलमा क्षति पु¥याएको छ । नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जोड्ने हिक्लुङघाट माथिको पुलमा क्षति पु¥याएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिना (साकार) ले जानकारी दिए ।
त्यस्तै त्रिशुली नदीमा आएको भीषण बाढीले गण्डकी गाउँपालिका वडा नम्बर ७ ध्याल्चोक र धादिङ्गको बेनिघाट रोराङ्ग गाउँपालिका ७ जोड्ने धवादीघाट माथिको झोलुङे पुलमा पनि क्षति पु¥याएको उनले बताए ।
‘बाढीले हिर्काएर हिक्लुङघाट माथिको झोलुङ पुलको ट्रस्ट नै बगाएको छ, अध्यक्ष तिमेल्सिनाले भने, ‘धवादीघाट माथिको झोलुङे पुलको भने बाढीले लठ्ठा छिनाएर क्षति पु¥याएको छ ।’बाढीले पुलमा क्षति पु¥याएपछि गण्डकी गाउँपालिका र बेनिघाट रोराङ्ग गाउँपालिका बासिन्दाहरुलाई आउजाउ गर्न समस्या भएको उनले बताए ।
‘गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानहरुले बारीमा उत्पादन गरेका तरकारी तिनै झोलुङ्गे पुल हुँदै पारी मुख्य सडकसम्म पु¥याएर बिक्रि गर्नुपर्छ, अध्यक्ष तिमेल्सिनाले भने ‘झोलुङ्गे पुलमा त्यति पु¥याएपछि समस्या भएको छ ।’ ति क्षेत्रमा उत्पादन भएका तरकारी काठमाण्डौ चितवन लगायतका क्षेत्रमा पठाएर बिक्री गरिदै आएको छ ।
बाढीले पुलमा क्षति पुगेपछि दैनिक रुपमा पठनपाठनका लागि विद्यालय आउजाउ गर्नुपर्ने विद्यार्थीहरु पनि विद्यालय जानआउन समस्या भएको उनले बताए ।
त्यस स्थानमा रहेको तुइनलाई विस्थापित गर्दै धादिङको रोराङ गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिका जोडने गरी २०७५ सालमा झोलुङेपुल निर्माण भएको थियो ।
प्रतिक्रिया