गोरखा । नेपाल टेलरिङ्ग ब्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा गोरखाको बालकृण्ण परियार चयन भएका छन् । परियार हालै राजधानीमा सम्पन्न महासंघको राष्ट्रिय अधिवेशनबाट गण्डकी प्रदेशको अध्यक्षमा चयन भएका हुन् ।
परियार नेपाल टेलरिङ्ग ब्यवसायी महासंघ जिल्ला शाखाको अध्यक्ष समेत हुन् । ६ सदस्यीय प्रदेश समितिमा अगामी बैठकले समितिलाई पूर्णता दिने अध्यक्ष बालकृण्ण परियारले जानकारी दिए ।
प्रदेशको ११ जिल्ला मध्ये गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी र बागलुङमा मात्र महासंघको जिल्ला शाखा गठन भएको छ । अध्यक्ष परियारका अनुसार ति जिल्लाहरु करिब १ हजार टेलरिङ्ग ब्यवसायीहरु महासंघमा आबद्व भएका छन् ।
प्रतिक्रिया