शहिद लखनमा व्यवसायिक रुपमा रेसम किरा खेती सुरुवात

शहिद लखनमा व्यवसायिक रुपमा रेसम किरा खेती सुरुवात

गोरखा । शहिद लखन गाउँपालिकाले व्यावसायिक रूपमा रेसम किरा खेती सुरुवात गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ६ घैरुङ्ग स्थित ज्यामिस्वाँरामा ‘मनकामना रेसम खेती कृषि समूह’ ले रेसम किराको व्यावसायिक खेती गर्न सुरु गरेको हो ।

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषकहरूको समूह मार्फत रेसम किराको खेती गर्न सुरु गरेको गाउँपालिकाका कृषि शाखाका ऋषि रोकाले जानकारी दिए ।

किसानहरूले पहिलो चरणमा पाँच किलोग्राम कोकुन उत्पादन गरेका छन् । धागो उत्पादन गरेर विक्री गर्ने योजना रहेको उनले बताए ।

फार्ममा ६० हजार रेसम किरा हालिएको थियो । समूहका अध्यक्ष लिना थापा मगर भन्छिन्( ‘किराले २८ दिनदेखि नै कोकुन हाल्न सुरु गर्‍यो । ४० दिनभित्रमा सबै उत्पादन लिन सकिने अवस्थामा रहेको छ ।’

थोरै जग्गाबाट पनि उत्पादन लिन सकिने रहेछ । घाँस ९किम्बु० खेतीका लागि धेरै जग्गा आवश्यक पर्ने उनको भनाइ छ । समूहले ९८ रोपनी जग्गा समूहले भाडा लिएर घाँस खेती गर्दै आएको थापाले बताइन।

जिल्लामा पहिलो पटक रेसम किराको खेती भएकोले अवलोकनका लागि आउने मानिसहरूको सँख्या समेत उल्लेख्य रहेको उनको भनाइ छ ।

किसानहरूले उत्पादन गरेका वस्तुको विक्रीका लागि गाउँपालिकाले पूर्ण स्वामित्व लिने गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले बताए।

‘सम्भावना हुने खेतीलाई हामीले प्रोत्साहन गर्दै आएका छौँ, किसानको सामग्रीको बजार सुनिश्चित गर्छौँ, किसानहरूलाई उत्साहका साथ काममा लाग्न उत्प्रेरित गरिरहेका छौँ,’ उनले भने ।

प्रतिक्रिया

TOP