ललन कुमार चौरसिया
साउन १० , रौतहट। बारा जिल्लाको सिम्रौनगढ़मा आज बिहान आफ्नै श्रीमानले श्रीमतीको घाँटी रेटी हत्या गरेको छ ।
सिम्रौनगढ़ नगरपालिका ६ को बजार टोलमा बुधबार बिहान करिब ४ बजे स्थानिय जहीर मियाँका ज्वाई भारत बिहारको पूर्वी चम्पारण चिरैया थाना अंतर्गत पर्ने रुपौलिया गाउँका २७ बर्षिय अमीरुल मियाँले आफ्नी श्रीमती २२ बर्षिया आस्मिन खातूनलाई सुतीरहेको अवस्थामा धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय सिमरौनगढ़ले जानकारी दिएको छ ।
हत्या आरोपी अमीरुल मियाँलाई आजै बिहान प्रहरीले घटना स्थलबाट नियन्त्रणमा लिएको छ ।
प्रहरीको अनुसार श्रीमान श्रीमती विच पहिले देखि झै झगडा हुँदै आएको र बिहान एक्कासी घरमा आएर धारिलो हथियारले सुतीरहेकी श्रीमतीलाई पटक पटक प्रहार गरेर हत्या गरेको थियो ।
परिवार श्रोतका अनुसार आज बिहानको समयमा होहल्ला भएपछि हेर्न जादाँ श्रीमतीको हत्या गरी सकेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया