गोरखाको भिमसेनथापा ७ र ८ का स्थानियवासीलाई फिल्टर वितरण

गोरखाको भिमसेनथापा ७ र ८ का स्थानियवासीलाई फिल्टर वितरण

गोेरखा । गोरखाको  भिमसेनथापा गाउँपालिका वडा नं ७ र ८ को समन्वयमा सुरक्षित खानेपानि सुनिश्चितताको लागि सयर फिल्टर वितरण गरिएको छ । वाइन टु वाटर नेपाल जावलाखेल ललितपुरको आर्थिक सहयोगमा सोमबार गाउँपालिकाको वडा नं ७ पिपलटारमा एक कार्यक्रमको आयोजना गरि स्थानियवासीहरुलाई फिल्टर वितरण गरिएको हो ।


स्वच्छ पानि पिउन पाउन् भन्ने उद्देश्यले वडा नं ७ र ८ पिपलटारका प्रत्येक घर धुरी, बिद्यालय, वडा कार्यलय लगायत विभिन्न संघ संस्थाहरुलाई फिल्टर वितरण गरिएको मिलनसार युवा क्लब पिपलटारका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सोमबार ९३ थान फिल्टर वितरण गरिएको छ ।


उक्त कार्यक्रममा वाइन टु वाटर नेपाल जावलाखेल ललितपुरका मोनिटरिङ एण्ड इभ्यालुऐसन अफिसर शैलि चित्रकार, वास मुभिलाईजर मिन प्रसाद खनाल, स्थानिय समाजसेवि बुद्दिजिवि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम भिमसेन थापा गाउँपालिका ८ का वडा अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

TOP