गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर–७ र शहिद लखन गाउँपालिका वडा नं ८ को सिमनामा रहेको ज्यादुल खोलामा डाईभर्सन पुल निमार्ण सम्पन्न भएको छ । ज्यादुखोलामा गाउँपालिकाको बिशेष पहलमा प्रदेश सरकारको ३५ लाख बजेट बिनियोजनले ज्यादुखोलामा डाईभर्सन पुल निमार्ण सम्पन्न गरिएको वडा नम्बर ७ का वडा अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
बर्खाको समयमा खोलाको पानी ठुलो हुने हँुदा सवारी साधन आउ जान गर्ने निकै समस्या हँदै आएकोमा डाइर्भसन पुल निर्माण भएपछि आउजाउका लागि सजिलो भएको उनको भनाई छ । खोलामा ७ वटा ठूला हिम पाईप जडान गरी डाईभर्जन पुल निमार्ण गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।
खोलामा पुल नहँदा बर्खायाममा खेत बारीमा काम गर्नका लागि ओहोर दोहोर गर्नका लागि समेत स्थानीयबासीहरुलाई कठिनाई हुदै आएको थियो । ‘पुल निमार्ण गर्न गाउँपालिकासंग हामीले पटक पटक माग गदै आएका थियौ, वडा सदस्य जीवन कुमालले भने, ‘तर अहिले माग सुनुवाई भएर पुलको काम पनि सम्पन्न भएको छ ।’
उक्त पुल हुदैँ घाटेवेसी देखि गोरखा सदरमुकाम, घाटेवसीदेखि बेनिघाट, काठमाण्डौसम्म नियमित यात्रुबाहक बस तथा अन्य मालबाहक सवारी साधनहरु चल्ने गर्दछ ।
खोलमा ७ वटा हिम पाईप, ढुङगा र जाली अस्थायी डाइभर्सजन पुल निर्माण गरिएको हो । बर्खाका बेला खोला बढेपछि वारीपारी गर्न खोला घट्नै पर्ने बाध्यता भोग्दै आएका स्थानीयबासीह पुल निमार्ण भएपछि खुशी भएका छन् ।
भिडियो
प्रतिक्रिया