अब गोरखा बजारमा बारपाकको अर्गानीक फलफुल तरकारी

अब गोरखा बजारमा बारपाकको अर्गानीक फलफुल तरकारी

गोरखा । गोरखाको बारपाक क्षेत्रमा उत्पादन हुने तरकारी तथा फलफुल अब गोरखा बजार आउने भएको छ । बारपाक सुलिकोट गाउँपालिका–२ को मान्द्रेमा उत्पादीत अर्गानिक तरकारी केन्द्रमा सकलन गरि गोरखा बजार पुर्याउने तयारी गरिएको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष पुर्णबहादुर घलेले बताए ।

उनका अनुसार बारपाकको बेसि क्षेत्रमा उत्पादन भएका तरकारी तथा फलफुललाई बजारसम्म पुर्याउनका लागू पोषण सुरक्षा तथा सुधार इकाइको आर्थिक सहयोगमा ग्रामिण बजार तथा संकलन केन्द्रको निर्माण गरिएको हो । केन्द्रको शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले उद्घाटन गरेका हुन् ।

केन्द्रले हुईचे, अलगम, मान्द्रे र दरगाउँ थैलीडाँडा कृषक समूहबाट उत्पादित अर्गानिक तरकारी संकलन केन्द्रका अध्यक्ष मनबहादुर गुरुङले बताए । ‘यो क्षेत्रमा गोलभेडादेखी काँक्रोसम्म उत्पादन हुन्छ’ उनले भने ‘यहाँ उत्पादित अर्गानिक तरकारी पहिलो पटक बिक्रीका लागि गोरखा बजार पठाउन लागेका हौ ।’

मान्द्रे क्षेत्रमा तरकारी तर्फ गोलभेडा, काउली, बन्दा, सिमी, घिरौला, खुर्सानी, काक्रो, फर्सी, लौका, कागती, चिचिन्डा, भेन्टा उत्पादन हुदै आएको छ भने फलफुल तर्फ अब्बा, निवुवा, कागती, केराहरु उत्पादन हुने गर्दछ । केन्द्रको उद्घाटन गर्नुहुदै बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बारपाक क्षेत्रमा उत्पादन भएका तरकारीलाई आयआर्जन तथा पर्यटन संग जोडन सकिएको खण्डमा किसानहरुको आर्थिक आयआर्जन बृद्वि सम्भव भएको बताए ।

पालिकाले ल्याएको नीति तथा कार्यक्रममा किसानहरुलाई ब्यवसायीक बनाउदै उत्पादन बृद्विमा जोड दिइएको छ । ‘हामीले किसानले उत्पादन गरेको तरकारीको समर्थन मुल्य तोकेका छौ’ उनले भने ‘उत्पादीत तरकारी बिक्रीको आधारमा किसानलाई समर्थन मुल्यमा थप ५ प्रतिशत रकम पालिकाले अनुदान उपलब्ध गराउने छ ।’

पालिकाले किसानलाई दिने अनुदान रकम भने किसानको ब्यक्तिगत खातामा बर्षको २ पटक जम्मा गरिदिने ब्यवस्था पालिकाले मिलाएको छ ।

प्रतिक्रिया

TOP