सुशासन समृद्धि र सामाजिक न्यायको लागि सरकार प्रतिवद्ध छः गृहमन्त्री श्रेष्ठ

सुशासन समृद्धि र सामाजिक न्यायको लागि सरकार प्रतिवद्ध छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायण काजि श्रेष्ठले, सुशासन समृद्धि र सामाजिक न्यायको लागि सरकार प्रतिवद्ध रहेको दोहो¥याएका छन् ।
विहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सरकारले सुशासन, समृद्धि र समाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर काम अगाडी बढीरहेको बताए । धनि र गरीब, सम्पन्न र विपन्नलाई छुट्टा छुट्टै कानुन हुँदैन भन्ने कुराप्रति सरकार प्रतिवद्ध रहेको उनको भनाई छ ।

उनले अनुचित लेनदेन अर्थात मिटरव्याजी सम्बन्धी विधेयक पास गरेको राष्ट्रिय सभालाई धन्यवाद दिए ।
‘यस सदनबाट अनुचित लेनदेन अर्थात मिटरव्याजी सम्बन्धी विधेयक पास गरेर पारित गरेर प्रतिनिधि सभामा पठाईएको छ । यो ऐतहिासिक काम सामन्ति शोषणको अवशेषलाई अन्त्य गर्ने सवालमा यो सदनको पहलकदमीका निम्ती सबैलार्य धन्यवाद दिन चाहान्छु । ’ उनले भने ।

खर्च कटौतिको प्रस्ताव फिर्ता लिन आग्र गरेका उनले तस्करी र दुव्यसनी नियन्त्रणलाई गृहमन्त्रालयले गम्भीर रुपमा लिएको बताए ।

जुम्लाको अन्तरजातिय विवाहको सन्र्दभमा घर जलाउनेलाई पक्राउ गरिएको भन्दै उनले क्षतिपूर्तिको लागि समेत माग गरिएको बताए ।

प्रतिक्रिया

TOP