राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती

राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको अन्त्येष्टि गरिएको छ। बुधबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहालको अन्त्येष्टि गरिएको हो।

पत्नी दाहाललाई उनका श्रीमान प्रधानमन्त्री प्रचण्ड र दुई छोरीहरु रेनु र गंगा दाहालले दागबत्ती दिएका थिए।
दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए ।

दाहालको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए।
राजकीय सम्मानस्वरुप नेपाली सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो।

अन्त्येष्टिमा मन्त्रीहरूसहित राजनीतिक दलका शीर्ष नेता सहभागि थिए ।
अन्त्येष्टिमा नेता, कार्यकर्तासहित हजारौं सर्वसाधारणको उपस्थिति रहेको थियो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।

शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
दाहाल पार्किन्सनजस्तो देखिने एक जटिल प्रकारको रोगका कारण बुधबार विहान निधन भएको हो ।

प्रतिक्रिया

TOP