गोरखा । सिरानचोक गाउँपालिका–७, श्रीनाथकोटमा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु भएको छ।
गाउँपालिका–७, सिम्ले घर भएका ८५ वर्षका सुकबहादुर सार्कीको पहिरामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ ।
सोमबार घरबाट तल खहरे जान भनेर निस्केका उनी घर नफर्किएपछि परिवारसहित आफन्तले खोजी गर्ने क्रममा अबेर ‘र्भोले खोला’माथिको ठूलो पहिरोमा परेको अवस्थामा शव भेटिएको हो।
‘शव भेटिएको स्थान ठूलो भेल पर्ने ठाउँ रहेछ, मृतकको शवको प्रकृति हेर्दा पहिरोमा परेको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डिएसपी० लिलाराज लामिछानेले भने, ‘हिँड्दा बाटोबाट खसेर पहिरोमा परेको हो वा भेलले बगाएर पहिरोमा पु¥याएको हो भन्ने बारेमा यकिन हुन बाँकी छ।’
घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय, जौवारीको प्रहरी टोली अहिले घटनास्थलमा पुगिसकेको छ । सार्की गाउँमा कटुवाल पेसा गर्दै आएका थिए।
उनी घरबाट निस्किएलगत्तै सोही समयमा त्यस क्षेत्रमा ठूलो हावाहुरीसहित अत्यधिक वर्षा भएको स्थानीयले बताएका छन्।
प्रतिक्रिया