गाडी दुर्घटनामा परेर घाइते भएका कानुनमन्त्री सिंहको निधन

गाडी दुर्घटनामा परेर घाइते भएका कानुनमन्त्री सिंहको निधन

काठमाडौं । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

मंगलबार दिउँसो मन्त्री सवार सुदूरपश्चिम प्रदेश–०१–००१ झ ४८० नम्बरको जिप बझाङको केदारस्यु गाउँपालिका–१ नयाँ गाउँमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेकी मन्त्री पत्नी अमृता सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो भने मन्त्रीकी भाउजु जयादेवी सिंहको पनि घटनास्थलमा नै मृत्यु भएको हो ।

जिप चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीको निजी सुरक्षा अधिकृतको भने कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

TOP